जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १७:१५

एसिसी यु–१९ एसियाकप क्रिकेट : युएईसँग नेपालको फराकिलो जित


काठमाडौं, भदौ २४ । एसिसी यु–१९ एसिया–१९ एसियाकप अन्तरग समूह बि को अन्तिम खेलमा नेपाल फराकिलो अन्तरले विजयी भएको छ । आज भएको खेलमा युएइलाई १६० रनले पराजित गर्दै नेपालले प्रतियोतिमा सान्त्वना जित हाशिल गरेको छ ।

२८६ रनको लक्ष्य पच्छाएको युएइ ३४।४ ओभरमा १२५ रनमा समेटिएको थियो । युएइका भ्रित्य अरविन्दले सर्वाधिक २८ रनको पारी खेले । त्यस्तै अलिसन सराफुले २१,आसामा हसनले १६ तथा सैयद हैदरले १५ बनाएका थिए । युएइलाई सस्तैमा समेट्ने क्रममा सागर ढकाले ३, पवन सर्राफ,सूर्य तामाङ र राशिद खानले समान २–२ विकेट लिए । यसअघि कोलोम्बोस्थित मर्कन्टाइल क्रिकेट एसोसिएसन ग्राउण्डमा टस हारेर पहिले व्याटिङ गरेका नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेल ६७ रनको अर्धशतकीय पारी खेले । सन्दीप जोराले ४८,आशिफ शेखले ४५ तथा राशिद खान र कमल सिंह ऐरी क्रमश ४४ र ४१ रन बनाए । युएइका आकाश तहिर र सञ्चित शर्माले समान ३–३ विकेट लिएका थिए ।