जनता टाइम्स

६ आश्विन २०८०, शनिबार १६:२८

कतारमा एमाले प्रवेश गर्ने मधेशी समुदायको लर्को


कतार, ६ असोज । अब मधेसमा मात्र होइन प्रवासमा पनि मधेशी समुदायका नेपाली नागरिक नेकपा(एमाले) मा प्रवेश गर्नेको लर्को लागेको छ । शुक्रबार (२२ सेप्टेम्वर) मात्र कतारमा ४५० जना मधेशस् समुदायका नेपाली एमाले प्रवेश गर्नुभएको छ । गरिबी र श्रमजीवीको कुरा सुन्ने पार्टी एमाले मात्र भएकाले आफूहरू एमाले पार्टीमा प्रवेश गरेको उहाँहरूले बताउनु भएको छ ।

नव प्रवेशीहरूलाई एमाले केन्द्रीय सदस्य तथा मधेस प्रदेशका प्रभावशाली नेता उमाशंकर अरगरियाले माला, खाँदा र अविर लगाएर स्वागत गर्नु भएको थियो । केही दिन अघि कतार पुग्नु भएका अरगरियाको सकृयतामा रोजगारको शिलशिलामा कतारमा रहनुभएका खासगरी मधेस प्रदेशका नेपालीलाई एमालेमा आकर्षित गर्नु भएको हो ।

शुक्रबार सनैयास्थित लाली गुराँस होटलको सभाहलमा प्रवासी नेपाली मन्च कतारले आयोजना गरेको कार्यक्रममा सो पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि अरगरियाका साथै प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेल, तथा प्रवासी नेपाली मन्च मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईं विशेष अतिथि रहनुभएको थियो ।

नेपाली राष्ट्रिय गान गाएर सुरु गरिएको उक्त कार्यक्रममा हाम्रो देश नेपाललाई अहिले कोवर्तमान अवस्थामा पुर्याउनुहुने दिवंगत शहीदहरूप्रति मौन धारण मार्फत स्मरण गरिएको थियो। सो कार्यक्रममा प्रमुख अतिथि तथा पूर्वमन्त्री उमा शंकर अरगरियाले सम्बोधन गर्दै नेपाल बनाउने पार्टी नेकपा एमाले मात्र रहेको तथा पार्टीहरूका अध्यक्षहरू मध्येमा राष्ट्र बनाउने व्यक्ति केपी ओली मात्र रहेको बताउनुभएको थियो । राष्ट्रका बारेमा धेरै कुरा बोल्नुभएका नेकपा एमालेका नेता अरगरियाले आफ्नो मन्तव्य मैथली भाषामा राख्नुभएको थियो ।

उहाँले एकातिर संविधान दिवसलाइ कालो दिन भन्ने अर्कोतिर सोही संविधान अन्तर्गत विभिन्न पदमा जान मरिहत्ते गर्ने व्यक्तिहरूले गर्दा नै मधेशको अवस्था राम्रो नभएको बताउनुभयो । यस्तो खाले द्वैध चरित्र त्याग्न अनुरोध गर्दै नेता अरगरियाले केपी ओली प्रधानमन्त्री हुँदा भएका विकासको फेहरिस्त प्रस्तुत गर्नु भएको थियो । उहाँले ओलीको तीन वर्षको कार्यकालमा नेपालको ८० प्रतिशत पुलका योजनाका अलावा ‘मधेस सुरक्षा कार्यक्रम’, सीमा सुरक्षा कार्यक्रम, रेललाई लिगमा उभ्याउने काम, सबै केपी ओलीको पालामा भएको हो’ भन्नुभयो।

कार्यक्रममा उहाँले ‘आफ्नो सम्पत्ति सम्पूर्ण रूपमा राष्ट्रको नाममा हस्तान्तरण गर्ने नेता अहिले सम्म केपी ओली मात्र हुनुहुनछ’ू भन्नुभयो। आफ्नो मन्तव्य को अन्त्यमा प्रमुख अतिथि अरगरियाले ‘हामीले नेकपा एमाले भित्र रहेर, लाल मधेशी बनेर मात्र जय मधेसको नारा घन्काउनु पर्दछ, २०८४ को चुनावमा देशमा अनि मधेश प्रदेशमा एक नम्बर पार्टी नेकपा एमाले हुन्छ अनि यो बनाउने जिम्मेवारी आज संगठन प्रवेश गर्नेहरूको समेत विशेष रूपमा रहेको छ’ भन्नुभयो।

यसअघि उपस्थित सम्पूर्णलाई स्वागत गर्दै प्रवासी नेपाली मन्च कतारका उपाध्यक्ष अफसर अलि खानले रोजी रोटीको हकलाई हक मानेर बोल्ने जो कोही होस् त्यो कम्युनिष्ट कहलाउँछ भन्दै संगठन प्रवेश कार्यक्रम निरन्तर चल्ने कार्यक्रम भएको तर आज को अवस्था हेर्दा यो अन्तिम मौका भए झैं प्रवेश कार्यक्रममा जनलहर देखिएको बताउनुभयो ।

नव प्रवेसीहरूको तर्फबाट सम्बोधन गर्दै पत्रकार तथा साहित्यकार कसीम राइनले ू‘प्रवासी नेपाली मन्चको छाता मुनि गोल बन्द हुन पाउनु हाम्रो अहोभाग्य हो’ भन्न्ुभयो । उहाँले नव प्रवेसीहरूलाई ‘प्रवासी नेपाली मन्चलाई चिन्ने प्रयास गर्नुहोस, यस संगठनले गरेका कार्यहरू हेर्नुहोस, हजुरहरूको छाती गर्वले प्रफुल्ल बन्ने छ’ भन्नुभयो । आफ्नो मन्तव्यको अन्त्यमा ‘प्रवासी नेपाली मन्चले शिक्षा संग सम्बन्धित आवाज उठाओस, नेपाल स्थित कम्तिमा ५ जना बालबालिकालाई पढाओस’ भन्दै सबै नव प्रवेसीहरूलाई स्वागत गर्नुभएको थियो । यसै गरी नव प्रवेसीहरूको तर्फ बाट धनन्जय झा, रतन ठाकुर, मोहमद जमीर नदाफ, दाउद दफाली, कमलेश यादव, जगतलाल मण्डल, छोटा नादफले आ आफ्नो मन्तव्य मार्फत प्रवासी नेपाली मन्च कतार प्रतिको आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका विशेष अतिथि कमलमणि गुरागाईंले नव प्रवेशी हरूलाई सम्बोधन गर्दै ‘अहिलेको लागि देशलाई आवश्यक पार्टी नेकपा एमाले हो भन्ने अनुभूत गरी संगठन प्रवेश गर्ने सम्पूर्णलाई स्वागत गर्दछु’ भन्नुभयो । देशको विकासको कुरा आफ्नो मन्तव्यमा जोड्दै ‘समानान्तर राजमार्गलाई ६ लाइनको राजमार्ग बनाएर समग्र मधेशको विकासको योजना तथा त्यसको कार्यन्वयन केपी ओलीको पालामा भएको हो’ भन्नुभयो। संगठनमा नव प्रवेशीहरूलाई योग्यता र क्षमता अनुसार सांगठनिक जिम्मेवारी दिइने भन्दै आफ्नो मन्तव्यको अन्त्यमा प्रवासी नेपाली मन्चको साङ्गठनिक वरियताको बारेमा प्रष्ट पार्नुभएको थियो ।

प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका नेता अरगरिया एक महिनादेखि नेपालबाट कतार आएर समग्र मधेशको विकासको निम्ति लाग्नुभएको जानकारी दिनुभयो । २०८४ को निर्वाचनमा नेकपा एमालेलाई देशको एक नम्बर संगठन बनाउने जिम्मा आज संगठन प्रवेश गर्ने तीन सय जना नव(प्रवेशीहरूको समेत रहेको छ भन्दै नव प्रवीशीहरूलाई योग्यता र क्षमता अनुसारको संगठनमा साङ्गठनक जिम्मेवारी दिइने बताउनुभयो । कार्यक्रममा बोल्दै विशेष अतिथि पोखरेलले नेकपा एमालेले सरकार संचालन गर्दा गरेको देश बिकास को बारेमा प्रकाश पार्नुभयो ।