काठमाडौं, भदौ २५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश–३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ । उहाँका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको हो ।
भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उहाँको निधन भएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहनुभएका दाहाल चितवनमा कास्कीबाट विसं २०१९ मा बसाइँ सरेर आउनुभएको थियो । दाहाल विसं २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।
नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ । यसैविच, अध्यक्ष प्रचण्डले ठुलोबुबाको निधनको खबरले मर्माहत भएको बताउनु भएको छ । उहाले दिवंगत बुबाप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्