जनता टाइम्स

९ आश्विन २०८०, मंगलवार ०८:३८

यौन दुर्ब्यबहार गरेको पुष्टी भए पछि इशाइ धर्म गुरूको प्रतिमा निकालियो


बर्लिन, ९ असोज । यौन दुर्ब्यबहारको गरेको आरोप पुष्टी भए पछि एक इशाई धर्मगुरुको प्रतिमा हटाईएको छ ।

करिब ७२ वर्षअघि एक नाबालिगलाई यौन दुर्ब्यबहार गरेको आरोपमा जर्मन कार्डिनल फ्रान्ज हेङ्ग्सबाकको प्रतिमा हटाईएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार उनको प्रतिमा सोमबार पश्चिम जर्मनीको एसेन क्याथेड्रलबाट हटाइएको हो । उनको सन् १९९१ मा मृत्यु भएको थियो ।

तर, जीवनको अन्तिम काल तिर तथा उनको मृत्यु भए पछि पछिल्लो समयमा उनीद्वारा यौन शोषणका धेरै घटनाहरु बाहिर आएका थिए ।

एसेन डायोसेजले भने कि, फ्रान्जले १९५० को दशकमा एक १६ वर्षीया केटीलाई यौन दुर्व्यवहार गरेको शंका थियो। उनीमाथि सन् १९६७ मा अर्की महिलाले पनि यौन शोषणको आरोप लगाएकी थिइन् । त्यतिबेला फ्रान्ज एसेनमा विशप थिए। उनी ३३ वर्षसम्म यो पदमा रहे ।

यसको पुष्टी भए पछि जिल्ला प्रशासन कार्यालयले गत शुक्रबार मूर्ति हटाउन आदेश दिएको थियो । उनको मृत्यु भएको सालमा नै उनको सम्मानमा सो प्रतिमा सन् २०११ मा स्थापना भएको थियो ।

तर, जिल्ला प्रशासनको आदेश पछि सोमबार क्रेनको सहयोगमा उनको प्रतिमा निकालिएको हो । यसरी निकालिएको प्रतिमा ट्रकमा राखेर पसलमा लगिएको छ ।

सन २०११ मा भ्याटिकनले आरोपहरू सत्य नभएको जिकिर गरेको थियो भने वर्तमान विशप फ्रान्ज जोसेफ ओभरबाचले शुक्रबार सो घटनालाई लिएर माफी मागे पछि प्रतिमा निकाल्ने निर्णय लिईएको थियो । यद्धपी, सन २०११ मा कार्डिनल विरुद्धको आरोप सुनेका थिए।

तर, आफैंले सो आरोप माथी राम्रोसँग छानबिन गरेका थिएनन भने भ्याटिकनले पनि उनी माथी लगाईएको आरोपहरू सत्य नभएको बताएको थियो। तर, अहिले बिभिन्न प्रमाण पछि सो घटना पुष्टी भएको हो ।