चितवन, भदौ २५
सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।
प्रकाशलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन्। सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।
अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रकाशसँगै अन्य १५ विद्यार्थी पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा १० जना पुरुष र ७ जना महिला रहेका छन्।
प्रतिक्रिया दिनुहोस्