रौतहट, १३ असोज । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरि हो–हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टारहरू पक्राउ परेका हुन् ।
सो घटनाकाबारेमा वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साहसहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबै दोषि नरहेको र घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । राति १२ बजेसम्म तलको हलमा अश्लील नृत्य तथा होहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बढीको संख्यामा रहेका दर्शक भागेका थिए ।
प्रतिक्रिया दिनुहोस्