जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार ०८:२९

परराष्ट्रमन्त्री ज्ञवाली र आयरल्याण्डका सभामुखबीच भेटवार्ता


काठमाडौं, भदौ २६

नेपाल भ्रमणमा रहनु भएका आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा आपसीहित र दुईदेशीय सम्वन्धका विषयमा छलफल भएको थियो ।

भेटमा सभामुख फेरगेलले विशेषगरी नेपालमा महिलाका पक्षमा चालिएका कदमको खुलेर प्रशंसा गर्नुभएको छ । उहाले नयाँ संविधानले महिलाको सहभागितालाई विभिन्न निकायमा गरेको सुनिश्चिता विश्वका लागि उदहरणीय रहेको बताउनु भयो ।

नेपाल भ्रमणमा रहनु भएका फेरगेलले यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेटवार्ता गर्नुभएको थियो । ध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गरेको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउनुभएको अध्यक्षको सचिवालयले जनाएको छ ।

भेटमा आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले आयरल्याण्ड सानो मुलुक भए पनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने बताउनुभएको थियो ।