जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार ११:५३

उपनिर्वाचनका लागि नेकपाद्वारा निर्वाचन आयोगमा दल दर्ता


काठमाडौं, भदौ २६

मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा दल दर्ता गरेको हो । सचिवालयले महासचिव विष्णु पौडेललाई दल दर्ताका लागि जिम्मेवारी दिएको भोलीपल्टै नेकपाले निवेदन दिएको हो ।

दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायत नेता आज बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुग्नु भएको थियो । देवकोटासगै नेकपाका कार्यालय सचिव ईश्वरी रिजाल, श्रीरामजी ढकाल र बाबुराम दाहाल आयोग पुग्नु भएको नेता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो । निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन दिएको हो । विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५१ स्थानमा उपनिर्वाचन हुँदैछ ।