काठमाडौं, २४ असोज । खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित चयन भएका छन् । केन्द्रको आज सम्पन्न १६औं साधारणसभाबाट दीक्षित अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
साधारणसभाबाट केन्द्रको उपाध्यक्षमा रम्यता लिम्बू र महासचिवमा रामेश्वर बोहरा चयन हुनुभएको छ ।
त्यस्तै, कोषाध्यक्षमा रविन सायमी तथा सदस्यहरूमा कृष्ण ज्ञवाली, विद्या राई र नवीन झा चयन हुनुभएको छ । दुई सदस्य कार्यसमितिले मनोनीत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्