जनता टाइम्स

२७ आश्विन २०८०, शनिबार १२:५०

इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु


तेलअबिब, २७ असोज । इजरायलले हमासको एक बरिष्ठ कमाण्डर मारेको दावी गरेको छ । इजरायलका अनुसार हवाई आक्रमण गरेपछि हमासका शीर्ष कमाण्डर मारिएका हुन ।

इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक वरिष्ठ सैन्य कमाण्डर इजरायली हवाई हमलामा मारिएको जनाएको छ ।

गत दिन हमासको परिचालन केन्द्रमा आक्रमण गर्दा मुराद अबु मुराद नाम गरेका ती कमाण्डरको मारिएको हुन, जहाँ इजरालयले आफ्नो ‘हवाई गतिविधि’ गरेको थियो । यसबारेमा हमासबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।