जनता टाइम्स

३० आश्विन २०८०, मंगलवार १३:३८

हमासले पहिलो पटक सार्वजनिक गर्‍यो इजरायली बन्धकको भिडियो


काठमाडौँ, असोज ३० ।  इस्लामिक लडाकु समुह हमासले पहिलो पटक आफ्नो कब्जामा राखिएकी एक इजरायली बन्धक युवतीको भिडियो सार्वजनिक गरेको छ।

भिडियोमा देखिएकी युवती २१ वर्षीया माया शेम हुन्। इजरायलको शोहम शहरकी उनले हमासले आफूलाई इजरायलकै एउटा पार्टीबाट उठाएर लगेको बताएकी छन्। भिडियोमा उनलाई चोट लागेको र उपचार भइरहेको पनि देखिन्छ।भिडियोमा उनले आफ्नो रिहाइको अपिल गरेकी छन्। इजरायली सेनाले पनि उनलाई हमासले अपहरण गरेको पुष्टि गरेको छ। सेनाले उनको परिवारसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ।इजरायलले हमासले आफ्नो भूमीबाट दुई सय जनालाई बन्धक बनाएको बताएको छ।