जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १३:५९

बिप्लवका बर्दिया इञ्चार्ज र बिद्यार्थी जिल्ला अध्यक्ष पक्राउ


बर्दिया, भदौ २७ । प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बर्दिया जिल्ला इञ्चार्ज मिना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उचलाउने र जोशीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार जिल्लामा भएका विभिन्न घटनामा जोशी र चलाउनेको हात रहेको आशङ्कामा पक्राउ गरिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको बाँस्कोताले बताउनु भयो ।