जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १७:५१

काठमाडौंको गोलढुंगामा गोली चल्यो : गुण्डा नाइके साजन गुरुङ पक्राउ


काठमाडौं, भदौ २७

प्रहरीले गुण्डा नाइकेहरुलाई पक्राउ गर्ने क्रमलाई तिव्रता दिन थालेको छ । यसैक्रममा शुक्रबार अपरान्ह काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली प्रहार गरी एक गुण्डा नाइकेलाई पक्राउ गरेको छ ।

गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका धादिङका साजन गुरुङ उर्फ नजोकलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको छ ।

स्रोतले दिएको जानकारी अनुसार उनको तिघ्रामा गोली लागेकाले थप उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ । गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद भएको छ । निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको उजुरी आएपछि प्रहरीसमक्ष पुगेको थियो ।