जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार २१:०४

बसन्तपुरमा देखियो इन्द्रजात्राको रौनक, राष्ट्रपति सरिक


काठमाडौै, भदौ २७

राजधानीको बशन्तपुरमा इन्द्रजात्रा भब्यरुपमा मनाइएको छ। काठमाडौंको सबैभन्दा ठूलो सांस्कृतिक पर्वका रुपमा इन्द्रजात्रालाई लिईन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह बसन्तपुरको ग्यालरी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गर्नुभयो । जात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो। जात्रामा पहिलो पटक विदेशी पाहुनाहरु पनि सहभागी भएका थिए । काठमाडौं महानगरपालिकाको निमन्त्रणमा चीन, भारत, अमेरिका, भुटान र जापानका विभिन्न सहरका मेयरहरु सहभागी भएका हुन् ।