जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १६:१०

प्रश्नको जवाफ नदिएपछि आफैले बोलाएका युटुवरबाटै भयो ज्ञानेन्द्र शाहीको रामधुलाई


काठमाडौं, भदौ २९ । गणतन्त्रबिरुद्धको अभियान छडेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा युटुवरको प्रश्नको जवाफ दिन नसकेपछि रामधुलाई भेटेका छन । ललितपुरस्थित आफ्नै कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा युटुवरको प्रश्नको जवाफको साटो ‘अन्तसन्ट प्रश्न गर्ने को होस’ भन्दै जंगिएपछि उनैले बोलाएका युटुवर उनीमाथि जाइलागे ।

पत्रकार सम्मेलनमा एक युटुवरको प्रश्न थियो, ‘ज्ञानबहादुर शाही कसरी ज्ञानेन्द्र शाही भए ? यो प्रश्नको जवाफ शाहीले दिएनन । उल्टै प्रतिप्रश्न गरे, ‘पुष्पकमल दाहाल कसरी प्रचण्ड भए ?’ त्यसपछि तपाईका आर्थिक हैसियत के ? यो प्रश्नपछि उनी अन्टसन्ट प्रश्न गर्ने भन्दै जंगिए । पत्रकार भन्दा युटुवरकै सहभागिता रहेको सम्मेलनमा उनीहरुले आफूलाई थाम्न सकेनन ।

एकाएक आक्रोशित बने, जवाफ नै नदिने भए किन बोलाको भन्दै आक्रोशित मुद्रामा रहेका युटुवर शाहीमाथि खनिए । प्रहरीलाई भित्र छिर्न नदिएका शाही तिनै युटुवरको शिकार बनेर रामधुलाई भेटेपछि पाइन्ट तान्दै भागेर प्रहरीको शरणमा पुगेर ज्यान बचाए । प्रहरीले उनकै सुरक्षाका लागि जिल्लाप्रहरी कार्यालय जावलाखेलमा लगेर राखी अहिले पठाएको छ ।