जनता टाइम्स

३० भाद्र २०७६, सोमबार ०८:४६

काठमाडौंका सडकमा अब दिउसै ब्रुमर


काठमाडौं, भदौ ३०

काठमाडौं महानगरपालिकाले राजधानीका सडकमा अब दिउसो पनि ब्रमुर चलाउन शुरु गरेको छ । विगतमा रातिको समयमा मात्र चलाउन थालेको ब्रमुर अब दिउँसो पनि चलाउने निर्णय गरेको हो ।

विगतमा रातिको समयमा आठ घण्टा पाँच वटा ब्रुमरले विभिन्न रुटमा सरसफाइ गर्दै आएका थिए । तर, दिनमा पानी परेपछिको केही समयमा अत्याधिक धुलो हुन थालेपछि दिउसो पनि चलाउन थालेको हो । राजधानीमा जति ब्रुमर चलाएपनि धुलो कम नभएको भन्दै गुनासो आईरहेको छ । राजधानीका विभिन्न रुटमा अब दिउसो पनि ब्रमुर चलाउने निर्णय भएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।