जनता टाइम्स

३० भाद्र २०७६, सोमबार १५:५१

जहाँ महिलाहरुबीच चल्यो जाँड खान यस्तो होडवाजी


काठमाडौं, भदौ ३० । आइतवार राती काठमाडौंको हनुमानढोकामा निकै अनौठो दृष्य देखियो । जहाँ महिलाहरु जाँड खानका लागि तछाड मछाड गरिरहेका थिए । महिलाहरु यसरी घुँइचो लाग्नुको कारण थियो, इन्द्रजात्राको अवसरमा हनुमानढोकास्थित श्वेत भैरवको मुखबाट निस्कने प्रसाद (जाँड) खानु ।

परम्परादेखि चलिआएको कारण श्वेत भैरवको मुखमा जोडिएको पाइपबाट निकालिने जाँड र समयबजी महिलाहरुलाई मात्र खुवाइने प्रचलन छ। ८ दिनसम्म मनाइने इन्द्रजात्रामा एक दिन मात्रै महिलाहरुलाई जाँड अर्थात् कथःथ्व खुवाइन्छ। सोही कारण आइतवार राती यस्तो दृष्य देखिएको हो ।