जनता टाइम्स

३० भाद्र २०७६, सोमबार १८:२९

रोनाल्डोले संझिए जीवनकै त्यो खराव दिन


पोर्चुगल, भदौ ३० । विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले आफूलाई बलात्कारको आरोप लागेपछि निकै लज्जित भएको प्रतिक्रिया दिएका छन् । कथ्रीन मायोर्गाले रोनाल्डोमाथि एक होटलको कोठाभित्र बलात्कार गरेको आरोप लगाएपछि आफूलाई यस्तो महसुस भएको प्रतिक्रिया रोनाल्डोले दिएका हुन । सो घटना १० वर्षअघिको भएको रोनाल्डोको भनाइृ छ । रोनाल्डोले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

रोनाल्डोले उक्त आरोपका कारण आफू र परिवारलाई पारेको असरबारे पहिलो पटक प्रतिक्रिया दिएका हुन् । ‘तिनिहरुले तपाईंको आत्मसम्मानमाथि खेले, यो गाह्रो छ । तपाईंसँग प्रेमिका छ । तपाईंसँग परिवार छ । तपाईंसँग बालबच्चा छन् । जब उनीहरु तपाईंको इमानदारितामाथि खेल्छन, यो खराब हो,’ रोनाल्डोले भने ।

रोनाल्डोका अनुसार प्रेमिकासँग बसिरहेको बेला सो आरोपको समाचार आएको भन्दै घटना स्मरण गरे । ‘एक दिन म घरमै मेरी प्रेमिकासँग टेलिभिजन हेर्दै थिएँ । टेलिभिजनमा न्युज हेर्दैगर्दा तिनिहरुले क्रिस्टियानो रोनाल्डोबारे बोल्दै थिए । यसो र उसो भन्दैथिए, मैले मेरा बालबच्चा माथिबाट टिभि रुमतिर ओर्लदै गरेको सुनेँ । मैले च्यानल फेरेँ, किन कि म लज्जित थिएँ,’ रोनाल्डोले भनेका छन, ‘म लज्जित थिएँ, मैले जुनियर क्रिस्टियानोकै लागि टिभि च्यानल फेरेको थिएँ । किन कि, सन्तानले आफ्नै बावुको बारेमा खराब कुरा गरेको देख्न चाहन्न थेँ म । साँच्चै भन्नुपर्दा, यसले मलाई लज्जित बनायो ।’