जनता टाइम्स

३० भाद्र २०७६, सोमबार १८:४३

जहाँ छ पीडा र समस्या, त्यँही पुग्छन महेश बस्नेत


भक्तपुर, भदौ ३० । पछिल्लो समय महामारीको रुपमा फौलिएको डेंगु रोग नियन्त्रणका लागि भक्तपुरका सांसद महेश बस्नेतले सवै जनता र संघसंस्थालाई साथ लिएर अभियान नै अघि बढाउनु भएको छ । हाम्रो प्रतिबद्धता नगर विकासमा सामुहिक सहभागिता भन्ने मुल नारासहित पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले जिल्लामा डुंगु नियन्त्रणको अभियान अघि बढाउनु भएको हो ।

आफै लामखुट्टे मार्ने गन लिएर अभियान सुरु गर्नुभएका बस्नेतले मतदाताको दह्रो साथ पाएपछि हरेक ठाउँमा अभियान अघि बढाउनुभएको छ । यही क्रममा आजबाट कमेरोटार नगर बिकास संयोजन समाज, मध्यपुर थिमि वडा नं ५ भक्तपुरमा डेंगु नियन्त्रण कार्यक्रम संचालनमा ल्याइएको छ । उक्त कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

जनताले विगतको लामो इतिहासमा जनप्रतिनिधिहरु निर्वाचित भएपश्चात जनताको दुःख नआउने परम्परा रहेको भएपनि वर्तमान समयमा सांसद महेश बस्नेतले परम्परालाई तोड्दै जनताको दुःखमा घरदैलोमै आएको भन्दै खुसी ब्यक्त गरे । हाम्रो दुःखमा सधै साथ दिनुभयो, यस्तै जनप्रतिनिधि खोजेका हौं,’ अभियानको नेतृत्व गर्दै टोलटोलमा बस्नेत आफै आउन थालेपछि सहभागी जनताको भनाई थियो ।

सांसद बस्नेतले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै डेंगु नियन्त्रण र सामाजिक दायित्व सबैले लिनु पर्ने र सरल तरिकाले पनि डेंगुको नियन्त्रण गर्न सकिने बताउनु भएको छ । किटनासक औषधि छर्ने मेसिनमा २० लिटर पानीमा, १ लिटर मट्टीतेल, आधा लिटर फिनेल राखेर मिक्स गरी टोलमा सबैले छर्किन पनि बस्नेतले सुझाव दिनुभयो । बस्नेतले आफैंले छर्केर यो सरल र सहज प्रबिधिको उदघाटन पनि गर्नुभयो ।

भक्तपुरमा नै विगत केही समय अघि डेंगु नियन्त्रणको लागि नै गनको प्रयोग गरी औषधी छर्किने कार्य भएता पनि उक्त औषधीले मानव स्वास्थ्यमा असर पर्ने भएका कारण विकल्पको रुपमा मट्टीतेल, फिनेल र मेसिनको प्रयोग गरी आजको अभियान सुरु गरिएको हो । गनको प्रयोग गरी छर्किने औषधीले मानव स्वास्थ्यमा जसमा पनि विशेष गरी वालवालिका, वृद्धवृद्धा तथा विरामीलाई विशेष असर गर्ने भएकाले उक्त नया प्रविधिको प्रयोग गरिएको हो ।

अभियानको क्रममा बिद्यानगर टोल बिकास संस्था, आडामस ठिमी, गाँखु कमेरोटार टोल बिकास संस्था, विश्र्वेश्वर टोल बिकास संस्था, कैलास वार्चा टोल बिकास समिति र कमेरोटार बिकास संयोजन समाजका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । सो अवसरमा सांसद बस्नेतले ६ ओटा टोल सुधार समितिहरूलाई डेंगु नियन्त्रणका लागि मट्टीतेल, फिनेल र मेसिन पनि बितरण गर्नु भयो ।