जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार १३:२७

पर्यटनमन्त्री योगेश भट्टराईको निश्कर्ष : देखिन थाल्यो समाजलाई भडकाउने उच्छृङ्खल गतिबिधि


काठमाडौं, भदौ ३१ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृङ्खल खालका गतिविधि देखिन थालेको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४औं प्राज्ञ सभाको आज उद्घाटन गर्दै मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न प्राज्ञहरुलाई सुझावसमेत दिनुभयो । समाजमा हुने अराजकता र उच्छृङ्खल खालका गतिविधिले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा निम्त्याउने हुनाले त्यस्ता खालका गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने मन्त्री भट्टराईको भनाई छ ।

‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ, त्यस्ता खालका कोशिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ,’ मन्त्री भट्टराईको भनाई थियो । नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको स्मरण गराउँदै मन्त्री भट्टराईले विविधतायुक्त मुलुकलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यक्ता रहेको प्रष्ट पार्नुभयो ।