जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार १९:१०

नेकपाको प्रदेश कार्यालयमा लाग्यो ताला, इञ्चार्ज भीम आचार्यमाथि लाग्यो यस्तो आरोप


इटहरी, भदौ ३१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले प्रदेश कार्यालयमै तालावन्दी गरेका छन । यो घटनासँगै नेकपा इटहरी नगरको गुट विवाद छताछुल्ल भएको छ। नगर कमिटी गठनलाई लिएर असन्तुष्ट समूहले आज इटहरीस्थित प्रदेश कार्यालय तालाबन्दी गरेको छ ।

झण्डै तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कार्यालय तालाबन्दी गरेको थियो। ताला लागेपछि विवाद समाधान गर्न पटकपटक छलफल भएपनि सहमति जुटेको छैन। पार्टीको विधान मिचेर बनाइएको नगरसमिती नमान्ने भन्दै एक समूहले संशोधनको माग गरेको छ।

तालावन्दीमा सहभागी भएका पूर्वएमाले वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र गौतमले स्थानीय र पार्टीमा लामो समय योगदान गरेकालाई पहिलो प्राथमिकता दिनुपर्ने र पार्टीको विधानअनुसार युवासमेतलाई उचित प्रतिनिधित्व दिँदै कमिटी संशोधन गर्नुपर्ने माग गर्नुभयो । उनीहरुले प्रदेश इञ्चार्ज भीम आचार्यबिरुद्ध नारावाजी गर्दै तालावन्दी गरेका थिए ।