जनता टाइम्स

१ आश्विन २०७६, बुधबार १७:३३

संबिधान दिवस मनाउने काममा स्काउट सवैभन्दा अगाडि, कार्यालयमा फहरायो राष्ट्रिय झण्डा


काठमाडौं, असोज १ । नेपाल स्काउटले संबिधान दिवसलाई भब्य रुपमा मनाउन तयारीलाई तीब्र पारेको छ । सरकारले संबिधान दिवसको अवसरमा बिशेष कार्यक्रम आयोजना गरी देशभर खुसियाली मनाउने घोषणा गरेसँगै स्काउटले संबिधान दिवसको तयारीलाई तीब्र पारेको हो । जसअनुसार स्काउटले सवैभन्दा पहिला आफ्नो कार्यालय परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ ।

‘संबिधान दिवसलाई उत्सवको रुपमा सवै नेपालीले मनाउनु पर्छ भन्ने मान्यताअनुसार हामीले काम अघि बढाएका हौं, हाम्रो कार्यालय परिसरमा नेपालको राष्ट्रिय झण्डा आजबाट फहराएका छौं,’ स्काउट संयोजक लोकबहादुर भण्डारीले जनताटाइम्ससँग भन्नुभयो । भण्डारीका अनुसार स्काउटले संबिधान दिवसको दिन सैनिकमञ्च टुडिखेलको ब्यवस्थापनदेखि सातै प्रदेशमा स्काउटर परिचालन गरी बिशेष रुपमा मनाइने छ ।

नेपाल स्काउटले संबिधान दिवसको अवसरमा आफ्ना संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरसहित राष्ट्रिय झण्डा अंकित प्रचार सामाग्रीसमेत तयार पारेको छ ।