जनता टाइम्स

१ आश्विन २०७६, बुधबार २०:२७

दशैको मुखमा बानेश्वरबाट समातिए उच्च घरानाका १० जुवाडे


काठमाडौं, असोज १

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले बुधबार साँझ जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । काठमाडौं–३१ कागत्यानी क्षेत्रमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा बुधबार साँझ पाँच बजेतिर प्रहरीले छापा मारेको थियो ।

उनिहरुलाई एक लाख २३ हजार ८ सय ३५ रुपैयाँसहित पक्राउ गरेको हो । बृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा ८ जना पुरुष र दुई महिला छन् । चाडपर्वको मुखमा जुवा खेलेर शान्ति सुरक्षामा चुनौती उत्पन्न गराएको सूचना पाएपछि बृत्तको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

एउटा घरमा जुवा खेलिरहेको सूचना पाएपछि बृत्तका प्रहरी नियन्त्रण गर्न गस्ती निस्किएका थिए । पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धान थालिएको छ । प्रहरी स्रोतका अनुसार उनिहरुलाई छुटाउन चौतर्फी दवाव आउन थालेको बताएको छ । सो क्षेत्रमा उच्च क्षेत्रमा काम गर्ने व्यक्ति पनि जाने गरेको बताइएको छ । सो घरमा निक्कै पहिलेदेखी तासजुवा खेलाइदै आएको बताइएको छ ।