जनता टाइम्स

४ आश्विन २०७६, शनिबार ०७:०१

एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा ताजिकिस्तानसँग नेपाल ७–० ले पराजित


काठमाडौं, ४ असोज ।  एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग लज्जास्पद नतिजा बेहोरेको छ । शुक्रबार राति भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भयो ।

प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो ।

जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ । ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ ।

यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो ।नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ ।