जनता टाइम्स

१० माघ २०८०, बुधबार १८:३७

प्रहरीको हेलिप्याड नजिकै सकेट बम, सेनाको टोलीबाट डिस्पोज


संखुवासभा, १० माघ । संखुवासभाको हेलिप्याड नजिकै सकेट बम फेला परेको छ । आज जिल्ला प्रहरी कार्यालयको हेलिप्याड नजिकै सकेट बम फेला परेको प्रहरी प्रमुख डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

बम डिस्पोज गर्न सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोली आएको थियो । सरसफाई गर्ने क्रममा प्रहरी कार्यालयको हेलिप्याड नजिकै प्रहरीले नै शंकास्पद वस्तु फेला पारेपछि सेनालाई बोलाइएको हो ।