म्याड्रिड, असोज ५
च्याम्पियन बार्सिलोनालाई पराजित गर्दै ग्रेनेडा ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । आफ्नो पुराना र नयाँ सबै स्टार खेलाडी उतारे पनि बार्सिलोनाले शनिबार राति स्पेनी ला लिगामा ग्रेनेडासँग २–० को हारबाट जोगिन सकेन ।
पूर्णतः फिट हुन बाँकी लियोनल मेसी र अन्सु फाटी वेञ्चबाट आएर खेलेका थिए । ग्रेनेडाले भने रोमन एजिजको गोलले अग्रता लिएको थियो । अरटुरो भिडालले बल ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा अल्भारो भाडिलोले दोस्रो गोल थपे ।
यो नतिजापछि बार्सिलोनाले लिगको सुरुआती पाँचमध्ये दुई खेलमा मात्र जित निकाल्न सकेको छ । अहिलेको हार भने लिगमा दोस्रो हो । कुल सात अंकमै सीमित बार्सिलोनाको यो सन् १९९४ यता सबैभन्दा खराब सुरुआत हो । यसैगरी एटलेटिको म्याड्रिड र सेल्टा भिगोले गोलरहित बराबरी खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस्