काठमाडौं, फागुन १६ । मुलुकका बिभिन्न भागमा भएको दुर्घटनामा परी सात जनाको मृत्यू भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार सडक दुर्घटना, अगलागी र करेन्ट लागेर उनीहरुको मृत्यू भएको हो ।
प्रहरीले जनाएअनुसार सुनसरी, रामधुनी नगरपालिका(४ मानपुरस्थित सडकमा प्रदेश १–०२–०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका ९ बस्ने २४ वर्षीय करण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै दाङको घोराही उपमहानगरपालिका ४ गोग्लीस्थित घोराही सिमेन्ट लिमिटेड कम्पनीभित्र रा.१ क १२७८ नम्बरको टिपरको ठक्करबाट सोही उपमहानरपालिका ३ बस्ने ३० वर्षीय नारायण शर्माको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रोल्पामा आगलागीमा जलेर एक जनाको मृत्यू भएको छ । माडी गाउँपालिका ५ चरीकोट बस्ने ७५ वर्षीया हरिकला घर्तीको घरमा मंगलबार दिउँसो आगलागी हुँदा सोही आगलागीमा जलेर घर्तीको मृत्यु भएको हो । आगलागीबाट करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यस्तै झापाको बाह्रदर्शी गाउँपालिका ६ मिलनचोक बस्ने २८ वर्षीय बुद्धराज लिम्बुको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतको खाल्डोमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यस्ते डडेल्धुराको आलिताल गाउँपालिका ८ सुनखोलामा व्याट्रीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर डोटी जोरायल गाउँपालिका १ गैरा बस्ने ३० वर्षीय राजु विकको मंगलबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको जोगबुढा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी नुवाकोट, किस्पाङ गाउँपालिका ५ नाप्रङ्चेत प्लोरो पाखास्थित जलकन्यादेवी सामुदायिक वनको गोरेटो बाटोमा रसुवा उत्तरगया गाउँपालिका २ डाँडागाउँ बस्ने ७३ वर्षीय भुन्टे भट्ट भन्ने टेक प्रसाद भट्ट मंगलबार मृत अवस्थामा फेला परेका छन ।
यस्तै चितवनको भरतपुर महानगरपालिका १ पोखरा बसपार्कस्थित स्वस्तिक होटलमा गोरखा भिमसेन गाउँपालिका ५ घर भएका ८२ वर्षीय कृष्ण बहादुर भट्ट बुधबार मृत अवस्थामा फेला परेका छन् । यी सवै घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्