काठमाडौं, असोज ८ । गैर आवासीय नेपाली संघ। अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी) को महिला संयोजक पदमा प्रमिला बस्नेतले उम्मेद्बारी घोषणा गर्नुभएको छ । गैर आवासीय नेपाली संघमा अस्ट्रेलिया र युरोपबाट विगतमा महिलाको प्रतिनिधित्व भइसकेकाले यस पटक बस्नेतले अमेरिका क्षेत्र क्यानाडाबाट महिला संयोजकमा उम्मेद्बारी दिने घोषणा गर्नुभएको हो ।
गैर आवासीय नेपाली संघलाई अन्तररास्ट्रिय स्तरको महाअभियान बनाउन नेतृत्वमा सबै भौगोलिक क्षेत्रको प्रतिनिधि आलोपालो र समाबेशी गराउन नितान्त आबश्यक रहेको बताउँदै अमेरिका र क्यानाडाको बिज्ञान प्रविधि, श्रोत र साधनलाई नेपालको विकास र समृद्धिमा जोड्न उम्मेद्वारी घोषणा गरेको वस्नेतले जनताटाइम्सलाई बताउनुभयो ।
यस्ता छन प्रमिलाको उम्मेदवारीको ६ आधार
१. बैदेशिक रोजगारमा नेपाली महिला र पुरुष कामदारहरु को कुन कुन देशमा ९ विशेषगरी अरब (खाडी मुलुक, मलेसिया, अफगानिस्तान लगायत का देश हरु के के र कस्ता कस्ता जटिल बर्तमान समस्याहरु भोग्नु परेको छ र त्यस विषयमा एन आर एन ए र नेपाल सरकारको दुइ पक्षीय रुपमा अध्ययन गराई, प्राप्त प्रतिबेदन बास्तबिक नतिजा निष्कर्षको आधारमा वर्तमान समस्याको समाधानका उपायहरू पत्ता लगाउने, समाधानको लागि हाल भै रहेको ब्यबस्थालाई लाइ अझ प्रभाकारी बनाउन प्रयत्न गर्ने र वैयक्तिक ज्यान र स्वतन्त्र खतरा परेका ९बिशेस गरि बन्धक , जेल र ज्यान सजाय वा मृत्यु दण्ड सजाय पाएका० हरुका लागि सम्भव भएसम्म कुटनैतिक प्रयास , र कानुनी र अन्य अन्तर राष्ट्रिय मान्यताका आधारका उपायहरु निकाली सहयोग गर्ने बाताबरण बनाउन प्रयत्न गर्नका लागि
२. खाडी देशहरुमा कार्यरत घरेलु कामदार नेपाली महिला दिदि(बहिनीको गुनासो र समस्याहरुको तत्काल समाधान गर्नका लागि ।
मध्यपूर्वका विभिन्न खाडी मुलुकहरुमा महिलाहरु विविध समस्यामा पर्ने गरेका छन् । त्यसमाथि पनि मध्यपूर्व यस्तो क्षेत्र हो जहाँ हजारौँ महिला दिदीबहिनीहरुले घरेलु कामदारको रुपमा कार्यरत हुनुहुन्छ उहाँहरुको रेमिटेन्सले देशलाई ठुलो आर्थिक टेवा पुगेको सर्बविधितै छ । यदपी उनै घरेलु महिलाहरुलाई श्रम स्बिकृती दिन अझै पनि सरकारले यो वा त्यो बहानामा बिचौलियाहरुलाई पोस्ने जस्तो सर्तहरु बनाएको देखिन्छ । हालसालै पनि युएईको राजदुताबासले युएईमा कार्यरत महिला दिदि बहिनिहरुलाई श्रमस्बिकृती दिने पहल कदमी सहित सुचना निकाली राम्रो कामको उदाहरणियता पेश गरेको छ यधपी त्यस्लाई अझै सहज र प्रभाबकारी बनाउन भने सकिन्छ र यस्को लागी सम्बन्धित सबैमा पहल गर्नका लागि ।
युएई मात्रै नभएई सम्पुर्ण खाडी देशहरुमा यस्ता तमाम घरेलु कामदार नेपाली महिला दिदिबहिनीहरुको समस्याहरु छन खाडीमा घरेलु हिंसाबाट प्रताडित हुनुपर्ने स्थिती धेरै रहेको छ, कतै बेचविखनमा परेका घटना समेत रहेका छन् यस्ता जघन्य अपराधहरु प्रती राज्यको ध्यानाकर्षण गर्दै नेपाल एम्बेस्सी सग समन्वय गरि हदै सम्मको कार्बाही गर्ने र युवाहरुलाई परिचालन गरि छिटो छरितो ढंगले यस्ता समस्या र घटनामा परेका पिडितहरुलाइ तत्काल उद्दार, राहत र सहयोग गर्न पहल गर्नका लागि।
साथै तमाम महिला दिदिबहिनीहरुलाई यस्तो अवस्था आउन नदिन सचेतना अभियान सञ्चालन गरि पिडित सम्पुर्ण महिला दिदिबहिनीहरुलाई स्वदेश फर्काउन सम्बन्धित सबैमा जोडतोड माग गर्नका लागि र विशेषगरी महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गरि महिला स्वरोजगारको अभियान चलाउन उहाँको विशेष जोड रहनेछ ।
३. गैर आवासीय नेपाली संघलाई प्रबासमा बस्ने महिलाहरुको, युबाहरुको, प्राज्ञ(विद्वान हरुको र ब्यबसायीहरुको साझा संस्था बनाउने र प्रबासमा बस्ने नेपालीहरुको र नेपालको समुन्नतिको अभियान अगाडी बढाउन, महिलाहरुको, युबाहरुको, प्राज्ञ(विद्वान र ब्यबसायीहरुको विशिष्टीकृत क्षमतालाई संथागत गराउने प्रयन्त गर्न लागि,
४. प्रबासमा रहेका नेपाली महिलाहरुको बर्तमानको बिबिध क्षमतालाई गैर्ह आवासीय नेपाली संघको संस्थागत माध्यमबाट नेपालका महिलाहरुको उत्थान गराउने प्रयन्त गर्न लागि,
५. गैर आवासीय नेपाली संघलाई प्रबासमा बस्ने नेपालीहरुको आपसी सम्बन्ध सुत्र, एकता र समुन्नतको अझ मजबुद मध्यम बनाउने प्रयन्त गर्न लागि,
६. गैर आवासीय नेपाली संघलाई अन्तर रास्ट्रिय स्तरमा आउदा दिनमा दिगो संस्थागत विकास, बहुआयामिक र गतिशील बनाउन महिला हरुको पनि विशिष्ट योगदान हुन् सक्छ छ भन्ने प्रस्ट पार्ने प्रयन्त गर्न लागि,
भक्तपुरमा जन्मनुभएकी बस्नेत हाल क्यानाडामा बस्नुहुन्छ । क्यानाडामा रहेर पनि उहाँले नेपालमा केही गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढिरहनुभएको छ । हक्की, निडर क्षमता र ईमान्दारिता बस्नेतको पहिचान हो । उहाँले पटक पटक उहाँले विदेशमा बिचल्ली भएको महिलाहरुको उद्धारका लागि ठूला भुमिका निभाउनुभएको छ । महिलाहरुको पक्षमा बिषेशगरी गहन रुपमा आवाज उठाउदै आउनुभएको छ । नेपालमा पनि गरिव असाय तथा विभिन्न संघसंसंथाहरुलाई सहयोग पुर्याउदै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्