जनता टाइम्स

८ आश्विन २०७६, बुधबार ०८:४५

पाँच प्रतिवद्धतासहित एनआरएनएको सह–कोषाध्यक्षमा लोकप्रसाद दाहालले गरे उम्मेदवारी घोषणा


काठमाडौं, असोज ८ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसिसी) को सह–कोषाध्यक्ष पदमा लोकप्रसाद दाहालले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघ बेल्जियमका निवर्तमान अध्यक्ष तथा समाजसेवि दाहालले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणासँगै आफ्ना पाँच प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ । धादिङको बुढाथुममा जन्मिनुभएका दाहाल अहिले सामाजिक काममा पनि व्यस्त रहनुभएको छ । दाहालले नेपालमा स्वास्थ्य क्षेत्र, शिक्षा र पुनःनिर्माणको काममा महत्वपूर्ण भुमिका निभाउदैँ आउनुभएको छ ।

प्रवासमा रहेका नेपालीहरुमा लोकप्रिय दाहालले संघलाई आर्थिक रुपमा पारदर्शी र मितव्यायी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखा प्रणालीको विकास गर्ने बताउनुभएको छ । दाहालले गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदको ९ औं अधिवेशनमा सहभागि भई मतदान गर्नको लागि सबैलाई आह्वान गर्नुभएको छ ।

यस्ता छन् दाहालका पाँच प्रतिवद्धता

१. एनआरएनए लाई वास्तविक रुपमा सबै गैर आवासिय नेपालीहरुको सबल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रुपमा विकास गराउने ।

२. संस्थालाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने । सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्ने ।

३. नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राखी त्यहाँ कार्यरत नेपालीहरुको अधिकारको लागि आवाज उठाउने । सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउने। दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने ।

४. विश्वमा नेपाल चिनाउन र मुलुक सम्वृद्ध गराउने अभियान भिजिट नेपाल २०२० लाई सफल पार्ने ।

५. नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने । सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायीत्वका रुपमा अंगिकार गर्दै व्इापक जनसहभागिताको साथमा सम्पन्न गर्ने पुराना योजनाहरूलाई निरन्तरता दिँदै सफल गराउने ।