जनता टाइम्स

८ आश्विन २०७६, बुधबार १८:३३

२७ बर्षीया शाहीले जन्माइन एकैपटक चार शिशु


काठमाडौं, असोज ८ । २७ वर्षिया खगित्रा शाहीले काठमाडौमै बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएकी छन् । काठमाडौं मेडिकल कलेज (केएमसी)मा शाहीले तीन छोरा र एक छोरीलाई जन्म दिनु भएको हो ।

तीनजना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर एकजनाको अवस्था भने अस्थिर रहेको चिकित्सकले जानकारी दिएका छन् । जन्मिएका शिशुमध्ये सबैभन्दा कम एकजनाको तौल ९५० ग्राम र बाँकी तीनको क्रमशः झण्डै १.४ केजी, १.५ केजी र १.६ केजी रहेको चिकित्सकहरूले बताएका छन् ।

बुधवार जन्मिएका शिशुहरू ३४ हप्ता पुगेपछि जन्मिएका कारण ती शिशुहरूलाई स्वासप्रश्वासमा कठिनाई हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् ।