जनता टाइम्स

८ आश्विन २०७६, बुधबार २०:१२

एनआरएनए युरोप क्षेत्रीय उपसंयोजकमा मुक्तबहादुर गुरुङको उम्मेद्धारी


काठमाडौं, असोज ८

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय उपसंयोजकमा मुक्तबहादुर गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए स्पेनको नेतृत्व सम्हालीसक्नु भएका गुरुङले संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा उम्मेद्धारी घोषणा गरेको जानकारी दिनुभयो ।

२०१७–२०१९ कार्यकालमा अन्तराष्ट्रिय समन्वय परिषद सदस्य रहनु भएका उहाले स्पेनबासीको माग र चाहनाअनुसार उम्मेदवारी दिएको बताउनु भयो ।

डेढ दशकभन्दा लामो समयदेखि विभिन्न सामाजिक संघ संस्था हुँदै एक दशकदेखि एनआरएन अभियानमा गुरुङको प्रत्यक्ष संलग्न रहदै आउनु भएको छ । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग पुर्‍याउने उहाको भनाइ छ।