जनता टाइम्स

८ आश्विन २०७६, बुधबार २१:०५

एनआरएनएको सचिवमा शिवकुमार बरुवालले उम्मेद्धारी दिने


काठमाडौं, असोज ८

एनआरएनए आइसिसीको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा सचिव पदका लागि शिवकुमार बरुवालले उम्मेद्धारी घोषणा गर्नुभएको छ । एनआरएनए युरोप संयोजक तथा बेल्जियमका लागि पर्यटन बोर्डका मानार्थ पर्यटन दूतसमेत रहनु भएका बरुवालले सचिव पदमा उम्मेद्बारी दिने घोषणा गर्नुभएको हो ।

उहाले युरोप संयोजकको हैसियतमा २ वर्ष कार्यकाल बिताइसक्नु भएको छ । नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो सहयात्रीका रूपमा स्थापित गर्न आफूले एनआरएनको सचिव पदमा उम्मेद्वारी दिन लागेको उहाले बताउनु भयो ।

सन् २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य रहनु भएका बरूवाल २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिवका रुपमा कार्यभार सम्हाल्नु भएको थियो । यसैगरी, २०११–२०१३ मा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य रहनु भएका बरुवाल २०१७–२०१९ मा एनआरएनए युरोप संयोजकमा निर्वाचित हुनु भएको थियो ।