janatatimes

१३ चैत्र २०८०, मंगलवार ०८:३८

४ असइसहित २३ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन प्रहरी मुख्यालयले जारी गर्यो सार्वजनिक सूचना


काठमाडौं, चैत १३। नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका प्रहरीलाई सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले ४ असइसहित २३ प्रहरी सम्पर्कविहीन रहेको भन्दै ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको हो ।गैरहाजिर हुनेमा प्रहरी सहायक जिरीक्षकदेखि कार्यालयसहायसम्म छन् । तोकिएको समयसीमाभित्र हाजिर नभए सेवाबाट हाइने सूचनामा उल्लेख छ ।