जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १२:१३

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता दुई बालबालिका शव भेटियो


गाईघाट, १४ चैत । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन् ।

उनीहरु आईतबारदेखि हराएका थिए । जसमा आज त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्था फेला परेको थियो ।

रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेका थिए । अझै एक ९ वर्षका लोकचन्द्र मगर वेपत्ता रहेका छन् ।

होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ ।