काठमाडौं, चैत २० । नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिवेशन आगामी बैशाख २९ र ३० गते हुने भएको छ ।
जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनको मिति टुङ्गो लगाएको हो । अधिवेशनको उद्घाटन कार्यक्रम शिवराज नगरपालिकाको चन्द्रौटा खेल मैदानमा हुने छ । त्यसैगरी देउराली रिसोर्टको सभा हल खैरेनीपुरमा बन्दसत्र सञ्चालन हुने इञ्चार्ज खीमलाल भट्टराईले जानकारी दिनुभयो ।
बैठकबाट अधिवेशनको लागि जिम्मेवारी बाँडफाँड पनि गरिएको छ । अधिवेशनसँग सम्बन्धित विभिन्न विभागलाई जिम्मेवारी दिइएको नेता भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्