जनता टाइम्स

२१ चैत्र २०८०, बुधबार ०८:२४

शक्तिशाली भूकम्पले ताइवानमा ठूलो विनाश, धेरै भवनहरू ढल्कियो, सुनामी चेतावनी जारी


ताइपेई, २१ चैत। ताइवानमा बुधबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यो भूकम्प यति शक्तिशाली थियो कि दक्षिणी सहरका धेरै भवनहरू ध्वस्त भएका छन् । ताइवानको मौसम विज्ञान एजेन्सीले रिक्टर स्केलमा ७.४ रेक्टरको भूकम्प गएको जनाएको छ । भूकम्पका कारण धेरै ठाउँमा क्षतिग्रस्त कार र छाना भत्किएको तस्बिर देखिएको छ ।

ताइवानको भूकम्प अनुगमन एजेन्सीले ७.२ तीव्रता राखेको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.४ मापन गरेको छ । ताइवानको भूकम्प अनुगमन ब्यूरोका प्रमुख वु चिएन–फुले यसको प्रभाव चीनको तटमा रहेको ताइवान नियन्त्रित टापु किनमेनसम्म धेरै टाढासम्म महसुस भएको बताए ।