जनता टाइम्स

१० आश्विन २०७६, शुक्रबार १०:५२

एनआरएनए युरोप क्षेत्रीय उप–संयोजकमा शम्भु गौतमले गरे उम्मेद्धारी घोषणा


लिस्बन, असोज १० । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी विश्व सम्मेलनमा पोर्चुगलका शम्भु गौतमले युरोप क्षेत्रीय उप–संयोजक पदका लागि उम्मेदवारी दिने बताउनु भएको छ ।

काठमाडौंमा हुने सम्मेलनले दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । एक दशकदेखि पोर्चुगल लगायत विभिन्न युरोेपेली देशहरूमा नेपाली हस्तकला सामानको व्यवसाय गर्दै आएका गौतम नेपाल चेम्वर अफ कमर्सका पोर्चुगल प्रतिनिधि समेत हुनुहुन्छ ।

एनआरएनए पोर्चुगलमा पूर्व–उपाध्यक्ष समेत रहेका गौतम आफू युरोप उप–संयोजक पदको लागि योग्य उम्मेदवार रहेको बताउनु भयो । आफ्नो उम्मेदवारी समग्र युरोपवासी नेपालीको भलाइका लागि रहेको गौतमको भनाई छ । आफ्नो दुई वर्षे कार्यकालमा युरोपमा बसोबास गर्ने लाखौं नेपालीका समस्यामा केन्द्रित रहने उहाले जानकारी गराउनु भयो ।

नेपाली हस्तकलालाई युरोपभर प्रवर्द्धन गर्न मरीमेटेर लाग्ने गौतम बताउँनुहुन्छ । युरोपमा रहेका गैर आवासीय नेपाली माझ लोकप्रिय रहेका गौतम काभ्रे जिल्लामा जन्मेका हुन् ।