काठमाडौं, चैत ३० । नेकपा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा उमेश खडका निर्वाचित हुनुभएको छ ।
सम्पर्क मञ्चको १२औं सम्मेलनमा बिहीवार भएको निर्वाचनमा खडका अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित खडकाले प्रतिस्पर्धी भगवान न्यौपानेलाई पराजीत गरी सम्पर्क मञ्चको नेतृत्व लिनुभएको हो ।
यसैगरी उपाध्यक्षमा ऋषि बुढाथोकी, महिला उपाध्यक्षमा शरिता शिवाकोटी, सचिवमा नारद खडका, सहसचिवमा मोतिलाल मोक्तान र महिला सहसचिवमा कबिता फुँयाल निर्वाचित हुनुभएको छ ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले गत शनिवार उदघाटन गर्नुभएको मञ्चको सम्मेलनमा सहमतिका लागि ५ दिन प्रयाश गर्दा पनि संभव नभएपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो । अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारीको सवै पदमा निर्वाचन भएको हो ।
प्रतिक्रिया दिनुहोस्