न्युयोर्क, असोज १२
अमेरिकामा भएको सडक दुर्घटनामा परि अर्का एक नेपालीको मृत्यु भएको छ । केही समय अघि दुर्घटनामा परि एक नेपालीसहित दुई नेपाली भाषाीको मृत्यु भएको केही दिनपछि अर्क युवा दुर्घटनामा परेका हुन् । लुजियानामा भएको सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु भएको त्यहाको प्रहरीले जानकारी दिएको छ ।
लुजियानाको स्टेट युनिभर्सिटीमा अध्ययनरत सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा निधन भएको हो । सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनी आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठक्कर दिएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा बिहीबार मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्