काठमाडौं, असोज १३ । तनहुँ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला हो । उहा प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा पराजित हुनु भएको थियो ।
तर, सोही जिल्लाको ऋषिङ गाउंपालिकामा नेपाली कांग्रेसले जितेको छ । संविधान अनुसार नयाँ संरचना बनेपछि गाउँपालिकाको नयाँ केन्द्र कहा राख्ने भनेर विवाद पहिलादेखी नै थियो । यो विवाद प्राय सबै गाउँपालिकामा देखिने गरेको छ । त्यहा पनि सोही विषयमा विवाद देखिदै आएको थियो । गाउँपालिकाले यसमा कुनै निर्णय लिन सकिरहेको थिएन ।
गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ८ ओटै वडामा कांग्रेसले चुनाव जितेको थियो । गाउँपालिकाको कार्यपालिका बैठकले एकतर्फी केन्द्रका विषयमा निर्णय लिएपछि त्यहाको विवाद उत्कर्षमा पुगेको थियो । नेता पौडेलको निर्देशनमा गाउँपालिका अध्यक्षले केन्द्र वडा नम्वर ६ स्थित पोखरीभज्याङमा राख्ने निर्णय गर्यो । नेकपासहितका अरु दलले सोही वडाको ढंगागाढे वा चालिसेमा राख्न माग गर्दै आएका छन् ।
स्थानीयसँग छलफल बिनै कांग्रेसले एकल निर्णय गरेपछि स्थानीय विरोधमा उत्रिए । जसमा नेकपाको पनि साथ रह्यो । विरोधका बाबजुत कांग्रेस नेता पौडेलले आफ्नो जिल्लामा रहेको सो भवन उद्घाटन गर्न मोरङबाट निर्वाचन जितेका मिनेन्द्र रिजाललाई बोलाए । यो आफैमा आश्चर्यजनक निर्णय हो । गृहजिल्लामा नेता पौडेल नै जानुपर्ने हो, तर यसो नहुनुको कारण थियो, स्थानीयले विद्रोह गर्ने र अर्को चुनावमा आफ्नो लोकप्रियता घट्ने । जसका कारण नेता पौडेलले रिजाललाई पठाएको कांग्रेसकै एक स्थानीय नेताले जानकारी दिए ।
एकतर्फी गाउँपालिकाको केन्द्र तोकेको र शिलान्यासका लागि कांग्रेस नेता बोलाएको भन्दै नेकपाले विरोध जनायो । गाउँपालिकाको निर्णयका विरुद्धमा नेकपाले अन्य दलको पनि साथ लिएर संर्घष समिति बनायो । त्यही संर्घष समितिले आइतवार त्यहाँ गाउँपालिका बन्दको घोषणा गरेको थियो ।
विवादकै बीच एकतर्फी गाउँपालिकाको भवन शिलान्यास गराउन खोजेको भन्दै भुपालसिंह थापाको संयोजकत्वमा रहेको संर्घष समितिले पोखरीभज्याङ पुग्ने शंगपथ राजमार्गको सडकमा रुख ढालेर वाटो अवरोध गरेका थिए । त्यही अवरोधमा परेका थिए, कांग्रेस नेता मिनेन्द्र रिजाल । रिजाललाई भवन शिलान्यासमा जानबाट रोक्न संघर्ष समितिले बाटोमा अवरोधको त्यस्तो प्रयास गरेको थियो ।
गाडी अवरोध भएपछि रिजाल लगायत नेताहरुले पैदलबाटै त्यस क्षेत्रमा जाने प्रयास गरेपछि पनि नेकपा कार्यकर्ता र संघर्ष समितिले उनलाई त्यहाँ जानबाट पनि रोकेका थिए । तर पछि रिजालले पैदल गएरै साझ भवन शिलान्यास गरेका छन् । तनहुँमा रिजालमाथी भएको यत्ति हो । तर प्रचारमा रिजाललाई नेकपा कार्यकर्ताले आक्रमण गरे, आक्रमणको प्रयास भयो भन्ने एकतर्फी समाचारमात्र प्रचारमा आइरहेको छ ।
बाटोमा अवरोधका क्रममा भएको संवादको एक अंश
मिनेन्द्र रिजाल – यसरी अनुरोध हुन्छ, यसरी अनुरोध हुदैन, अनुरोधको शैली होइन । तपाईहरुसँग बसेर कुरा गर्छु, अहिले गर्छु ।
स्थानीय – अब यो बाटोमा कुरा हुदैन, दमौलीमा कुरा गरौं ।
रिजाल – दमौलीमा कुरा हुदैन । यहाको कुरा यही गरौं
स्थानीय (दुई हात जोडेर नमस्कार गर्दै)– माननीयज्यूले त्यस्तो कुरा गर्नु भएन नी माननीय ज्यू । यो सहमति नहुँदा सम्म शिलन्यास नगरौं माननीय ज्यू । हामी नेकपाले पनि तपाईलाई साथ दिन्छौं तर, जनताको न्यायको पक्षमा निर्णय हुनुपर्छ । हामीहरुले त्यो भनेका छौं ।
रिजाल – तपाइहरुसँग कुरा गर्छु । शैली यही हो त, म यहाँबाट हिड्न नपाउने
स्थानीय – हजुरको शैली के हो त ?
यत्तिकैमा त्यहा फेरी एकैछिन होहल्ला हुन्छ…
त्यसबीचमा पुन छलफल गरेर सहमति निकाल्ने विषयमा कुराकानी हुन्छ ।
(न त्यहा कसैले कसैलाई कुटपिट गरेको छ । न त हात हालाहालको अवस्था आयो । सबै कुरा सम्बादबाटै समाधान गर्ने प्रयास भएको थियो । तर, कांग्रेसले घटनाको गलत ढंगले प्रचार गरेको छ । जुन प्रचार मिडियाले छापेका छन् । कसैले पनि स्थलगत रिपोटिङ्ग नगरी कांग्रेसले दिएको सूचनाका आधारमा समाचार छापेको स्थानीयबासीको आरोप छ । )
प्रतिक्रिया दिनुहोस्