काठमाडौं, असोज १३
झन्डै ५ वर्षअगाडि कतारमा दुर्घटना भई हिँड्डुल गर्न र स्पष्ट बोल्न नसक्ने भएका दाङका २६ वर्षीय युवकले क्षतिपूर्तिबापत ९ लाख रियाल (झन्डै २ करोड ७० लाख रुपैयाँ) पाएका छन् । कतारमा नेपाली कामदारले पाएको क्षतिपूर्ति अहिलेसम्मकै बढी हो ।
कतारको श्रम कानुनअनुसार कामदारको ज्यान गए र शतप्रतिशत अशक्त भएमा २ लाख रियाल (६० लाख रुपैयाँ) क्षतिपूर्ति पाउने व्यवस्था छ । ती युवकको विशेष अवस्था रहेको भन्दै झन्डै ५ सय प्रतिशत बिमाको रकम दिलाइएको हो । ५ वर्षदेखिको उपचार खर्च पनि कम्पनीकै जिम्मेवारीमा परेको छ ।
कतारस्थित नेपाली दूतावासले पीडित परिवारले पाउने गरी असार २९ गते नै परराष्ट्र मन्त्रालयमा क्षतिपूर्ति रकम पठाइसकेको छ । कतारमा काम थालेको दुई वर्षपछि ९ अप्रिल २०१४ मा उनी सनैयामा सडक दुर्घटनामा परी कोमामा गएका थिए । उनी ३१ मे २०१२ मा कुकको काम गर्न कतार पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्