जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार ०७:५६

युएईमा बस दुर्घटनामा परी ६ जना नेपालीको मृत्यु


युएई, असोज १४ । संयुक्त अरव इमिरेट्स (युएई) को दुबईमा बस दुर्घटना हुँदा छ जना नेपालीसहित आठ जनाको मृत्यु भएको छ ।

युएईस्थित नेपाली दूतावासका श्रम काउन्सीलर भेषबहादुर कार्कीका अनुसार मृत्यु हुने नेपालीमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउँद रहेका छन । फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनीबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको हो । ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।

दुबई प्रहरीका अनुसार, घाइतेमध्ये पाँच भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।