जनता टाइम्स

१० जेष्ठ २०८१, बिहीबार १२:२७

नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने !


काठमाडौं, १० जेठ । साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेइमारले अर्को सिजनको शुरुवात पनि गर्न नसक्ने हुनुभएको छ । नेइमार एसीएल इन्जुरीका कारण २०२३ अक्टोबर देखि मैदान बाहिर हुनुहुन्छ । उहाँ २०२३ को अगस्तमा पिएसजीबाट साउदी क्लब अल हिलाल जानुभएको थियो । अब नेइमार अर्को सिजनको शुरुवातमा पनि अल हिलालबाट खेल शुरु गर्न नसक्ने प्रशिक्षक जर्ज जिससले जानकारी दिनुभएको छ ।

जिससले नेइमार सेप्टेम्बर–अक्टोबर भन्दा अगाडी मैदानमा आउन नसक्ने उहाँले बताउनुभयो । इन्जुरीका कारणले नेइमारले आगामी कोपा अमेरिका समेत गुमाउनुभएको छ । कोपा अमेरिकाको लागि छानिएको ब्राजिलको टिममा नेइमारलाई बाहिर राखिएको छ । नेइमारले अल हिलालका लागि केवल ५ खेल खेल्नुभएको छ भने एक गोल गर्नुभएको छ ।