जनता टाइम्स

१८ आश्विन २०७६, शनिबार ०७:४७

महराबारे रोशनी शाहीको त्यो खुलासा : छोरी बनाएकीलाई पेट बोकाएर छोरी जन्माउनसमेत छुट छ


काठमाडौं, असोज १८ । यौनकाण्डपछि सभामुख पदबाट राजीनामा दिनुभएका कृष्णबहादुर महरा र रोशनी शाहीबीच लामो समयदेखि प्रेममा रहेको तथ्य खुलेको छ । पछिल्लो समय बलात्कारको आरोप लगाएर चर्चामा आएकी महराकी पे्रमिका शाहीको फेसबुक नियाल्दा यस्तो तथ्य बाहिर आएको हो । शाहीको फेसबुक स्ट्याटसले महराले आफूले चाहेको बेला जहिले पनि शाहीसँग यौन सम्पर्क राख्ने गरेको र र उनी महराको छोरीको आमा बनेको तथ्यसमेत उजागर गरेकी छन ।

‘हो नेतालाई जे पनि गर्न छुट छ। झूट बोल्न, बलात्कार गर्न, बहुविवाह गर्न, हतियार बोक्न, यहाँसम्मकी छोरी बनाएकीलाई पेट बोकाएर छोरी जन्माउनसमेत छुट छ,’ शाहीले अप्रिल १०, २०१७ मा आफ्नो फेसबुक स्ट्याटशमा लेखेकी छन । पछिल्लो समय बाहिर आएको तथ्यलक्षित रहेको देखाउँछ । महरालाई यौन सन्तुष्टि दिँलाउँदा आपू भने बर्वाद भएको संकेत पनि उनले ब्यक्त गरेको पाइन्छ स्ट्याटशहरुमा ।

‘घरकी स्वास्नीको मुख थुनेर २०४७ सालदेखि सांसद भएदेखि, भूमिगत कालदेखि युद्धकालसम्म अहिलेकी हाल नयाँ कामकाजका लागि भित्र्याएकीसम्म र २०७३ साउन १८ गतेसम्म ५९ वर्षको उमेर आइपुग्दा कति जनाको बलात्कार गर्नुभयो ? सम्पत्तिको हिसाब नबुझाए पनि यसको त हिसाब होला नि। त्यो पनि आर्थिक हिसाबकिताब हुने ठाउँमा नहुने त कुरै भएन, हैन र मन्त्रीज्यू ?’ दुई वर्षअघि मात्रैअप्रिल २६, २०१७ मा उनले फेसबुकमा लेखेकी छन । शाहीको यो स्ट्याटश आउँदा महरा अर्थमन्त्री थिए । छोरा राहुलले मन्त्रालय प्रवेशमा निशेष धगरेपछि उनले यो स्ट्याटश लेखेको र भोलिपल्टबाटै अर्थ मन्त्रालय प्रवेश सहज भएको निकट स्रोतको भनाई छ ।

शाहीले महरामाथि थप आक्रोश पनि पोखेकी थिइन, जति गल्ती गरे पनि, तिम्रो इज्जत तिम्री घरकी र हामीले सधैं जोगाइदिनुपर्ने। तिम्री घरकीले त तिम्रो मानो खाएकी छन्, मैले के खाुछु र ? २०४७ सालको परिवर्तनपछि महरा पहिलोपटक २०४८ सालमा रोल्पाबाट सांसद निर्वाचित भएका थिए। रोशनीले माथिको स्ट्याटस लेखेका बेला उनी अर्थमन्त्री थिए। महरा अर्थमन्त्री भएका बेला रोशनीले उनलाई लक्ष्य गर्दै अर्को पनि स्ट्याटस लेखेकी छन्।

अप्रिल २२, २०१७ को फेसबुक स्ट्याटसमा उनले लेखेकी छन्, ‘होसियार खासगरी महिला दिदी(बहिनीहरू, अर्थ मन्त्रालयमा विगत नौ महिनादेखि मैले नाम नसुनेको र अर्थ पनि नबुझेको बंसलो किरा… खासगरी महिलाको संवेदनशीलतामा पसेर आक्रमण गरिरहेको छ। जसले महिलालाई सखाप पारेर सकेसम्म मार्ने, नभए अगाडि बढ्न नदिने उसको उद्देश्य हो।’ महरा अगस्ट ४, २०१६ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री नियुक्त भएका थिए। रोशनीले यो फेसबुक स्ट्याटस लेख्दा उनी अर्थमन्त्री बनेको नौ महिना पुगेको थियो।