जनता टाइम्स

११ श्रावण २०८१, शुक्रबार ०८:५२

कीर्तिपुरका मेयर नकर्मीको निधन


काठमाडौं, साउन ११ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीको गएराति निधन भएको हो ।

कीर्तिपुर नगरपालिकाका सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठले बीर अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको जानकारी दिनुभयो । मृर्गौलामा समस्या देखिएपछि नकर्मीको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो ।

उहाँको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने श्रेष्ठले जानकारी दिनुभयो । मेयर नकर्मी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेर विजयी हुनुभएको थियो ।

मेयर नकर्मीको निधनमा नगरपालिकाले आज शोक बिदा दिएको छ । केही समयअघि सूचना जारी गरी उहाँको निधनमा कीर्तिपुर नगरपालिकाभित्र शोक बिदा दिइएको उल्लेख छ ।