काठमाडौं, साउन ११ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राडा. शिवराज अधिकारी र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उपाध्यक्ष अधिकारीले शपथ लिनुभयो । यस्तै उपाध्यक्ष अधिकारीबाट आयोगका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले उपाध्यक्ष अधिकारी र ६ जना सदस्य नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्