जनता टाइम्स

१५ श्रावण २०८१, मंगलवार २२:५१

पेरिस ओलम्पिक : नेपाली पौडीवाज शाहको राष्ट्रिय किर्तिमान


काठमाडौं, १५ साउन । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । आज सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए ।

योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् । उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सले वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकमा पुगेका थिए ।