जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार ११:१०

टीकाकै दिन लण्डनमा नेपाली युवतीको छुरा प्रहार गरी हत्या


लन्डन, असोज २४

बडादसैंको टीकाकै दिन बेलायतमा एक नेपाली युवतीको छुरा प्रहार गरी हत्या भएको छ । लेष्टर शहरमा बस्दै आएकी ३२ वर्षीया शुभेच्छा बुढाथोकीको उनकै निवासमा छुरा प्रहार भएको र घटनास्थलमै मृत्‍यु भएको प्रहरीले बताएको छ ।

बिहान करिब साढे ८ बजेको समयमा छुरा प्रहारको सुचना पाएलगत्तै प्रहरीको टोली पुग्दा शुभेच्छा ज्यान गइसकेको थियो । पोस्टमार्टम रिपोर्टले पनि मृतकका शरीरका धेरै ठाउँमा छुरा प्रहार भएको देखाएको छ । लेष्टर प्रहरीले बिहीबार एक वक्तव्य जारी गर्दै ‘फातिमा’ नामबाट चिनिँदै आएकी मृतकको वास्तविक नाम शुभेच्छा बुढाथोकी रहेको र उनी नेपाली रहेको पुष्टी गरेको छ ।

मृतकबारे अरु जानकारी अहिलेसम्म उपलब्ध गराएको छैन । आक्रमणकारी पनि अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।