जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार १३:२९

गैर आवासीय नेपाली दिवसमा देखियो यस्तो रौनक, स्वयम्भु र पशुपतिनाथमा बिशेष पुजा (फोटो फिचर)


काठमाडौं, असोज २४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आज बिशेष कार्यक्रम गरी आफ्नो दिवस मनाएको छ । एनआरएनए डे को अवसरमा आज बिहानै स्वयम्भुदेखि पशुपतिसम्म वाकथनको आयोजना गरिएको छ ।

एनआरएनएका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसीसहित पदाधिकारी तथा नवौं बिश्व सम्मेलनमा सहभागी हुन मातृभुमी आइपुगेका बिश्वभरका गैर आवासीय नेपालीहरुले सो कार्यक्रममा सहभागी भएका छन । एनआरएनएले आजको दिनलाई बिशेष रुपमा मनाउँदै आएको छ । यो दिवसको अवसरमा आगामी सम्मेलनमा अध्यक्षका प्रत्यासीद्वय कुमार पन्त र कुल आचार्यले स्वयम्भु र पशुपतिनाथ जस्तो पवित्र भूमीबाटै गैर आवासीय नेपाली दिवसको शुभकामना दिनुभएको छ ।

यस्तै उपाध्यक्षका प्रत्यासी बर्तमान महासचिव डा बद्री केसीले पनि सोही पवित्र भूमीबाट शुभकामना दिनुभएको छ । गैरआवासीय नेपाली दिवसको अवसर पारेर स्वयम्भूनाथबाट पशुपतिसम्म हामी वाकाथन गर्नुका साथै स्वयम्भूमा र पशुपतिनाथमा विशेष पुजा गरिएको छ । ‘सबैलाई यस पवित्र स्थानबाटै गैरआवासीय नेपाली दिवसको शुभकामना व्यक्त गर्दछु,’ अध्यक्षका प्रत्यासी पन्तले भन्नुभएको छ ।

यस्तै अर्का प्रत्यासी कुल आचार्यले पनि पन्तकै जसरी शुभकामना दिनुभएको छ । ‘आज एनआरएनए स्थापना दिवस (११ अक्टोबर) को अवसरमा संसारभरी रहनुभएका सबै गैर आवासीय नेपाली मित्रहरुलाई हार्दिक शुभकामना तथा बधाइ ज्ञापन गर्न चाहन्छु,’ आचार्यले भन्नुभएको छ ।