जनता टाइम्स

१८ श्रावण २०८१, शुक्रबार १८:३८

बिश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा


कैलाली, साउन १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिनुभएको छ ।

असार २० गते अल्पमतमा पर्नुभएका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरी सम्बोधन गरेर राजीनामा दिनुभएको हो । संसदमा मार्ग प्रशस्त गरेको घोषणा गरेर मुख्यमन्त्री सोडारी प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाउनु भएको हो ।